बाजुरामा वडाध्यक्षको निधन

रिपोर्ट नेपाल | 2020 Jul 22 | 02:43 pm 2250

बाजुरा, साउन ७ः जिल्लाको बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष राजेश कुमार सिंहको निधन भएको छ । ६८ वर्षीया सिंहको बुधवार बिहान एक्कासी निधन भएको नेविस‌घका नेता सुरेन्द्र सिह‌ंले बताएका छन् ।

घरको पुजा गर्ने तयारीमा नुहाएर आइपछि एक्कासी बेहोस भएपछि निधन भएको सिंहले जानकारी दिएका छन् । सिंहको मृत्यु के कारणले भएको बारेमा एकिन भइसकेको छैन । मृत्युको बारेमा अनुसन्धानपछि थप जानकारी आउन बताएका छन्।

एक्कासी मृत्यु हुनुले उनमा हृदयघात भएको हुन सक्ने आफन्तले जनाएका छन् । सिहं नेपाली काँग्रेसबाट निर्वाचित बुढीगंगा नगरपालिका १ का वडाध्यक्ष हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.