बाजुरा, भदाै ७: शनिबार जिल्ला अस्पताल बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनोमा बडिमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीका २१ वर्षिया बसन्ती नेपाली रहेकी छन् । शनिबार बिहान सुत्केरी भएकी नेपालीले मृत अवस्थामा बच्चा जन्माएकि थिइन् । बच्चा जन्माए पश्चात् आमाको स्वास्थ्य अवस्था निकै कमजोर भएको र उनको उपचारको क्रममा निधन भएको उपचाररत स्वास्थ्यकर्मीले जानकारी दिए ।
उनलाई सुत्केरी व्यथा लागेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा बाजुरामा पुर्याएका थिए । मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेकाे बताइएकाे छ ।