बाजुरामा एक सुत्केरीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 26 | 02:18 pm 2659

बाजुरा, मंसिर १०: जिल्लाको जगन्नाथ गाउँपालिका ५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेकी जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पुर्‍याइएको स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्य सहायक अमर बुढाले बताए ।

एकाइमा पुर्‍याउँदा बेहोस भएका उनको साल निकालेपछि रगत पनि रोकियो, घाम ताप्दै बिस्कुट र चिया खाएको थियो, तरपछि एक्कासि मृत्यु भयो, स्वास्थ्य सहायक बुढा बताए ।

हेलिकप्टरको लागि प्रयास गर्ने क्रममा सुत्केरीको अवस्था सुध्रेको पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई त्यही सूचना पठाइए पनि उनको मृत्यु भएको डा विश्वकर्माले बताए ।

बाजुरामा यसअघि पाँच सुत्केरीको हेलिकप्टरमार्फत राष्ट्रपति उद्धार सहयोग कार्यक्रमबाट उद्धार गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.