बाजुरा, असाेज २: गए राति जगन्नाथ गाउँपालिका वडा नम्बरका ३ को मोहतीस्थित वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी भएकाे छ । गए राति करिब ११ः ३० बजेकाे समयमा उक्त समूहले वडा कार्यालयमा आगजनी गरेको जगन्नाथ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए ।
वडा कार्यालय स्थानीय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको थियाे । अज्ञात समुहले कार्यालयका झ्याल ढोका तोडफोड गरेर भित्रबाट कागजपत्रहरु बाहिर निकालेर जलाएको अध्यक्ष शाहीले बताए।
अध्यक्ष शाहीका अनुसार गाउँमा मेला लागिरहको थियो गाउँका सबैजना मेला हेर्न गएको मौका छाेपी उक्त कार्यालयमा आगजनी गरेकाे जनाए । आगजनीबाट वडाका सबै कागजत्र जलेका छन्। कार्यालयमा रहेका कम्प्युटरसहतिका सामान पनि नष्ट गरिएको छ।
आगजनी कस्ले गरेकाे हाे भन्ने पहिचान हुन सकेको छैन। घटनाको अनुसन्धान गर्न अस्थायी प्रहरी पोष्ट जुड्डीबाट प्रहरी गएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । घटना भएको स्थानमा टेलिफोन सेवा नहुँदा सुरक्षा निकाय र अन्य ठाउँमा तत्कालै खबर गर्न नसकिएको वडाध्यक्ष शाहीले जानकारी दिए ।