बाजुराको त्रिवेणी- १ मा नेकपा विजयी

रिपोर्ट नेपाल | 2019 Dec 01 | 09:25 am 2453

बाजुरा, मंसिर १५ : बाजुराको त्रिवेणी- १ मा नेकपा विजयी भएको छ । नेकपाका उम्मेदवार मनराजे बुढा मिलनले काँग्रेसका खगेन्द्र चदारा उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

नेकपाका मनराजे बुढा (मिलन) ले तीन सय ६७ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका खगेन्द्र चदाराले तीन सय ४७ प्राप्त गरेका छन् । त्यस्तै राप्रपा मिनबहादुर ढोलीकाे २ मत मात्र रहेकाे छ । ११ मत बदर भएको छ बताइएकाे छ ।

बाजुराको त्रिवेणी १ मा कुल मत एक हजार ३९ मध्य सात सय २७ मत खसेको हो । स्थानीय निर्वाचनमा भने काँग्रेसले जितेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.