बाघको छाला सहित तीन जना ब्यूरोको फन्दामा

रिपोर्ट नेपाल | 2018 Dec 11 | 05:26 pm 2275

काठमाडौं, मंसिर २५ :  अवैध रुपमा एक थान बाघको छाला सहित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर -१२ तेन्जीङ चोकबाट उनीहरुलाई पक्राउ गरेको ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका वडा नम्बर -४ का वर्ष ३८ को मान बहादुर तामाङ, गोरखा बारपाक सुलीकोट गाँउपालिका वडा नम्बर -३ बस्ने वर्ष ३० कि लोकमाया गुरुङ र सप्तरी तिलाठी कोईलाडी पाउँपालिका वडा नम्बर -४ का बर्ष ५० को अमर सिंह रहेका छन्।

उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आज मंगलबार डिभिजन वन कार्यालय काठमाण्डौमा बुझाईएको ब्यूरो जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.