बाघको छाला र सालकको खपेटासहित एक युवक प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल | 2020 Sep 23 | 01:26 pm 2476

कास्की, असाेज ७ः अबैध बाघको छाला र सालकको खपेटासहित पोखराको शिसुवाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् । उनलाई अबैध बाघको छाला, सालकको खपेटा, हाड, खुट्टा तथा पंजासहित मंगलबार साँझ प्रहरीले  पक्राउ गरेको हो ।

प्रदेश नं ३ को ३–०२–०११ प.७८०६ नम्बरको मोटरसाइकलमा पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ  जाँदै गर्दा मंगलबार साँझ कास्की प्रहरी र शिसुवा प्रहरीको सयुक्त टोलीले अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएकाे छ ।

उनले लुकाइछिपाई ल्याएको जेब्रा झोलामा अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका लामिछानेलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.