बाघको आक्रमणबाट सुर्खेतमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 30 | 06:36 pm 3735

सुर्खेत, पुस १४: बाघको आक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ। मृत्यु हनुेमा बराहताल गाउँपालिका ३ लेखगाउँका चन्द्र अन्दाजी ४५ वर्षीय नेपाली रहेका छन् ।

नेपालीलाई घर नजिकै घाँस काट्न गएको बेला सोमबार बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो।

नेपालीको घटनास्थलमै मृत्यु भएको स्थानीय जयराम बोगटीले टेलिफोनबाट जानकारी दिए । आक्रमणपछि चिच्याउँदा हामीले थाहा पायौं, घटनास्थल पुग्दा नेपालीको मृत्यु भइसकेको थियो उनले बताए।

घटना लगत्तै उद्धारका लागि स्थानीयहरु पुगेपनि नेपालीको मृत्यु भएको थियो। घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ।

निकुञ्जबाट आएको बाघले आक्रमण गरेको स्थानीयले अनुमान गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.