बर्दिया, कात्तिक ११ः बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–३ धनौराका २७ बर्षीय दिनेश थारु र सोहि स्थानका २६ बर्षीय रमेश चौधरी रहेका छन् ।
उनीहरुलाई मंगलबार दिउँसो मधुवन ३ को भग्रैया भन्ने ठाउँका बाघले आक्रमण गरेको थि जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।
बाख्रा चराउन गएको उनीहरु साँझ अवेरसम्म पनि घर नफर्कीएपछि खोज्न जाँदा बाघले आक्रमण गरेको अवस्थामा मृत शव मात्रै भेटिएको स्थानीयले बताएका छन् ।
खोज्ने क्रममा एक स्थानीयलाई समेत बाघले आक्रमाण गर्न खोजेको उनीहरले बतानएका छन् । यसअघि पनि सोही स्थानमा घाँस काट्न जाँदा केहीलाई बाघले आक्रमणको प्रयास गरेको स्थानीयको भनाइ छ ।