बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

| 2022 May 30 | 06:04 pm 1481

चितवन, जेठ १६ः बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका एक लोथरस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र आज साँझ ४ बजेको समयमा घाँस काट्न गएकी ५५ वर्षीया सोतीमाया तामाङलाई बाघले आक्रमण गरेको हो।

राप्ती १ स्थायी घर भएकी तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  अहिले अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोलीले घटनास्थल तथा शव जाँच मुचुल्का तयार गर्ने काम गरिरहेको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

यसअघि जेठ ८ गते पनि चितवनमा बाघको आक्रमणबाट एक महिलाको मत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.