बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

| 2021 Mar 29 | 03:49 pm 3109

बर्दिया, चैत १६:  बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षीय चुलाराम थारु रहेका छन् ।

उनलाई सोमबार बिहान घरदेखि करिब तीन सय मिटर टाढा खेतमा पानी लगाउन गएको समयमा बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

बाघले आक्रमण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा गएको पाँच जनाको टोलीले थारुको उद्धार गरी नेपालगंज पठाइएको प्रहरीले जनाएको छ।  थारुको टाउको, गर्दन र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.