बाघको अवैध अखेटाेपहारसहित ३ जना पक्राउ

| 2021 Aug 29 | 03:35 pm 2493

तनहुँ, भदाै १३ः केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडाैं र जिल्ला प्रहरी कार्यालय तनहुँबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बाघकाे अवैध  अखेटाेपहारसहित तीन जनालाई पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं.६ सिरुवारीका ३९ वर्षीय  अर्जुन श्रेष्ठ उनको साथबाट ५ फिट ७ इन्च लम्बाई २ फिट ५ इन्च चौडाई भएको बाघको छाला १ थान, ३ फिट लम्बाई १ फिट ५ इन्च चौडाई भएको बाघको छाला १ थान, बा ४९ प ५९२३ नं.को डियो कालो सिल्बर रङको स्कुटर १ थान, X Touch लेखिएको कालो रङको सादा मोवाइल सेट १ थान, नगद रु १  हजार  बरामद  ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका वडा नं.१ ओखल्दीका ४० वर्षीय सन्जित गुरुङ रहेका छन् । साथबाट बन्य जन्तु बाघको शरीरको बिभिन्न भागको हड्डीहरु सानो ठुलो गरी जम्मा १२२ वटा ,२२० सिसीको ग १८ प ५४११ नं.को रातो कालो रङको पल्सर मो.सा. १ थान, नगद रु २ हजार Samsung नीलो रङको स्क्रीन टच मोवाइल सेट १ थान  बरामद । र शुक्लागण्डकी नगरपालिका वडा नं.१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

उनीहरूलाई व्यास नगरपालिका वडा नं.५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडक भएको एकान्त स्थानको चोकमा शंकास्पद गतिविधि गरी रहेका तीन जनालाई तत्काल उपस्थित जनप्रतिनिधी, भद्र भलाद्‍मी तथा स्थानीय व्यक्तिहरुको रोहवरमा नियन्त्रणमा लिई उनीहरुको शरीर तथा साथमा रहेका सामानहरु चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट बाघको छाला, दाँत, हड्डी र खप्पर लगायतका चिज वस्तुहरु फेला परेको हुँदा उनीहरुले अपराध कार्यमा प्रयोग गरेका सवारी साधनहरु समेत बरामद गरी तीनै जना व्यक्तिहरु उपर थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको बुझिएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.