बाग्मति र धोबी खोलाको बाढीले स्थानीयको विचल्ली

| 2018 Aug 15 | 08:00 am 2567

काठमाडौं- मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण धोवी खोला र बाग्मति नदिमा आएको बाढीले डुबान गरेपछि स्थानीयको विचल्ली भएको छ।

साँघुरो खोलामा पानीको बहाब अत्यधिक बढेपछि राति देखि नै डुबानमा परेका बस्तीमा स्थानीयको विच्लली भएको हो। अमाननगर, घट्टेकुलो, गौशला, सिनामंगल, कालोपुल, गुहेश्वरीलगायतका क्षेत्रका दजनौं परिवार विस्थापित भएका छन्। राति करिब दुर्इ बजेतिर घरको पर्खाल भत्काएर तल्लो तलामा रहेका भाडकुडादेखि ओड्ने ओछ्याउने, खाद्यान्हलगायत सामानहरु समेत डुवाएपछि स्थानीयको भागाभाग भएको थियो।

पानीको बहाब घटेपछि अहिले डुवानमा परेका समानहरु निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएकको छ। प्रहरीका अनुसार सडक हिलाम्मे भएकोले आवतजावत गर्न पनि निकै कठिनाइ भएको छ।

केही पसल समेत डुबानमा परेकाले लाखौंको क्षति भएको व्यवसायीले बताएका छन्। खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको बालुवा सफा नगर्ने कारणले गर्दा हरेकवर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.