बागलुङ-२ मा कांग्रेसका शेरचनले गरे उम्मेदवारी दर्ता

रिपोर्ट नेपाल | 2019 Nov 07 | 03:38 pm 1593

बागलुङ, कार्तिक २१ : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका तर्फबाट जीतबहादुर शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।

शेरचनको उम्मेदवारी मनोनयनमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ती समर्थक रहेका छन् । अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहेका शेरचन बामगठबन्धनका तर्फबाट साझा उम्मेदवार राजमोका टेकबहादुर घर्तीसँग पराजित भएका थिए ।

सांसद घर्तीको निधनपछि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुरानै उमेदवारलाई अगाडी सारेको छ भने राजमोले नयाँ अनुहार खिमबिक्रम शाहीलाई उम्मेदवार बनाएको छ ।

राजमो उम्मेदवारलाई नेकपाले समर्थन गरेको छ । समाजवादीका तर्फबाट अशोक विक, स्वतन्त्रलगायत गरी ११ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.