बागलुङ, मंसिर ६: बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट कांग्रेसका उम्मेदवार दोर्ण कुमार कुँवर विजयी भएका छन्। उनले १२ हजार ४०८ मत पाएर विजय हासिल गरे।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत पाएका छन्। यस्तै नेपाल दलित पार्टीका टेकप्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका ताराबहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गरेका छन्।