बागलुङमा १ र १ लाख राशीका २ स्मृति पत्रकारिता पुरस्कार स्थापना

रिपोर्ट नेपाल | 2021 Nov 06 | 07:51 am 2729

बागलुङ,  कात्तिक १९ः प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । जिल्लामा कृयाशिल पत्रकारलाई पत्रकारितामा हौसला, प्रेरणा र उर्जा प्रदान गर्ने उद्येश्यले नगद रु १र१ लाखको पुरस्कार स्थापना गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

गलकोट नगरपालिका वडा नं ७ मल्म अहिले जापानमा कर्म गरिरहेका दुई युवाहरु हर्क थापा र विकास खडका ुसुन्दरुले आफ्ना दिवंगत माता पिताको सम्मान र सम्झनामा एक रएक लाखको स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना भएको अध्यक्ष थापाले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चका एशिया प्यासिफिक संयोजक तथा गलकोट समाज जापानका पूर्व अध्यक्ष समेत रहेका युवा समाजसेवी हर्क थापाले आफ्ना दिवंगत पिता भक्तबहादुर थापा र माता जगकुमारी थापाको स्मृतिमा १ लाखको पुरस्कार कोष स्थापना गरेका हुन । स्वर्गिय बाबा भक्त बहादुर थापा साविक मल्म गा।वि।स वडा नम्बर ७ का वडा पूर्व वडा सदस्य समेत बनेका थिए ।

यसैगरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी बागलुङ जिल्ला सदस्य तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार समाजसेवी विकास खडका सुन्दरुले आफना दिवंगत पिता श्याम बहादुर खडका र माता चन्द्रकली खडकाको स्मृतिमा नगद रु १ लाखको पुरस्कार कोष स्थापना गरेका छन । स्वर्गीय श्याम बहादुर खडका साविक मल्म गाविस वडा नम्वर ९ का पूर्व वडा अध्यक्ष समेत थिए ।

पत्रकारिका समाजको ऐना हो यसले आम नागरिकलाई सहि सुचना प्रदान गर्दै पत्रकारिता मार्फत समाजको सम्वृद्विमा टेवा पुगोस, पत्रकारिताको विकास र यसमा थप आकर्षण बढाउने उद्येश्यले पुरस्कारको अक्षयकोष स्थापना गरिएको पुरस्कारको अक्षयकोषकर्ता हर्क थापा र विकास खडका सुन्दरुले बताए ।

दुवै पुरस्कार कोषको वार्षिक ब्याजबाट प्राप्त हुने रकम मार्फत जिल्लामा निष्पक्ष, जनउत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक समाचार मार्फत सक्रिय २ जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गरिने सेन्टरका उपाध्यक्ष सज्जन कुमार सिंहले बताए ।

त्यसका लागि आवश्यक कार्यविधि तयार गरेर कोष र पुरस्कार वितरणलाई व्यवस्थित बनाइने उनको भनाई छ । सेन्टरले बागलुङमा पहिलो पटक स्मृति पुरस्कार स्थापना गरेको संगठनका सचिव अनिश खातीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.