बागलुङमा गाँजाको धुलो र धुलो बनाउने मेसिनसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2022 May 31 | 06:17 pm 1585

बागलुङ, जेठ १६ः जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरीप्रसाद पुन रहेका छन् ।

उनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसिनसहित पक्राउ गरेको हो । प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गिरीको घर नजिकै शौचालयको जमिन भित्रबाट बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने धुलो र मेसिन फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.