बागलुङको शिवधारा चोकमा शंकास्पद वस्तु फेला

रिपोर्ट नेपाल | 2019 Apr 18 | 07:28 am 2193

काठमाडौं, वैशाख ५ : नेत्रविक्रम चन्द नेतृत्वको समुहले बिहिबार बन्दको आब्हान गरेसँगै देशका विभिन्न स्थानहरुमा बम विस्फोट र शंकास्पद वस्तु फेला परेकोले स्थानीय त्रासित बनेका छन् ।

त्यस्तै बागलुङ नगरपालिका वडा नम्बर ३ शिवधारा चोकमा शंकास्पद वस्तु फेला परेको छ ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गइसकेको जानकारी प्राप्त भएको छ । शंस्कास्पद बस्तु पाइप बम भएको स्थानीयको आशंका छ ।

शंकास्पद बस्तु बम हो वा होइन भन्नेबारे चेकजाँच गरेपछि मात्र भन्न सकिने अवस्था रहेको बागलुङका एसपी कृष्णहरी शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.