बागलुङको भिमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु ३ घाइते एक वेपत्ता

रिपोर्ट नेपाल | 2019 Dec 03 | 11:45 am 1926

बागलुङ, मंसिर १७ : मंगलबार बिहान बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

ग १ ज ५२१९ नम्बरको जीप गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको जीप बागलुङको बडीगाड गाउँपालिका ७ स्थित सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको हो ।

उक्त दुर्घटनामा परी ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टराईले जानकारी दिए ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जनाए।

घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ ल्याइएको छ । प्रहरीका अनुसार जीपमा १८ जना सवार रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.