बागमती र नारायणीमा बाढी आउन सक्ने, गोरखा, धादिङ र कास्की पनि सर्तक रहन आग्रह

रिपोर्ट नेपाल | 2018 Jul 01 | 09:49 am 6452

काठमाडौं, असार १७: जल तथा मौसम पूर्वाअनुमान महाशाखाले गोरखा, धादिङ र कास्कीमा बाढी तथा पहिरो आउन सक्ने भएकोले सर्तक रहन आग्रह गरेको छ।

आइतबार बिहानै एक सूचना जारी गर्दै आइतबार र सोमबार गोरखा, धादिङ, लम्जुङको, कास्कीको केही स्थानहरूमा भारी बर्षाको सम्भावना भएकाले पहाडका साना नदीहरूमा एक्कसी बाढी तथा पहिरो आउन सक्ने जनाएको छ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज र भोलि बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहौं।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.