बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा लामा विजयी

रिपोर्ट नेपाल | 2022 Dec 28 | 05:35 pm 1109

हेटौंडा, पुस १३: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् ।

आज हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँलाई पाँच मतले पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले २१ र बानियाँले १६ मत प्राप्त गरे ।

लामा यसअघि दुई पटक संघीय सांसद भइसकेका छन् । बानियाँ दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.