सल्यान, पुस १८ : कर्तब्य ज्यान मुद्दामा फरार रहेकी प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालीमाटी रामपुर–८ की ६० वर्षीया नोखी खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई २०५३ माघ ८ गतेको फैसला अनुसार ९ वर्ष ७ महिना १० दिन कैद ठहर भई फरार रहेकी खत्रीलाई जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खत्रीलाई आवश्यक कारवाहीको लागि सल्यान जिल्ला अदालतमा पठाइएको छ ।