बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने व्यक्तिहरू पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 03 | 09:08 am 1165

काठमाडौँ, माघ २०। बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका-२६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि./प्रालिका शेयर धनी तथा संचालक ६० वर्षीय अरुण कुमार चौधरी र महोत्तरी, महोत्तरी गाउँपालिका-१ बस्ने च्याम्पियन फुटवेयर प्रालि/सिजि चांदवाग रेसिडेन्सी प्रालिका संचालक ४५ वर्षीय संजय ठाकुर रहेका छन् ।

 मालपोत कार्यालय डिल्लीबजारको २०३७ कातिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा श्रेस्ता कायम भएको जग्गामध्ये कानून बिपरीत २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट तत्कालीन कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लिमिटेडको नामक कम्पनी खडा गरी सो कम्पनीको २५% शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.