काठमाडौं, असोज १३: काठमाडौंको बाँसबारीस्थित टायल गोदाममा आगलागी भएको छ।
शनिबार साँझ भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय तथा प्रहरीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ।
आगलागीको कारण भने खुलेको छैन।