बाँके, साउन १६ः जिल्ला कारागार बाँकेका कैदी-बन्दीले पैसा उठाएर बोरिङ्ग जडान गरेका छन्। क्षमताभन्दा बढी बन्दी भएको उक्त कारागारमा पिउने, लुगा धुने र नुहाउने समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले दुई हर्स पावरको बोरिङ रकम उठाएर सञ्चालनमा आएको कारागारका जेलर रामकुमार सोनखरले जानकारी दिए।
‘एक हर्स पावरको बोरिङ कारागार कार्यालयमा थियो, अर्को दुई हर्स पावरको कैदी–बन्दीले दिएको रकमबाट जडान गरी पानीको समस्या समाधान गरिएको छ’, उनले भने। दुई बोरिङ जडान भएपछि पानीको समस्या समाधान भएको उल्लेख गर्दै सोनकरले अहिले जुनबेला चाह्यो त्यतिबेला नुहाउन, लुगा धुने सुविधा भएको बताए।