बाँके, जेठ ३२: नालामा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । शनिबार अत्याधिक गर्मी बढेपछि कोहलपुरको डुडुवा नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २२ वर्षीय मुक्ति प्रसाद आचार्यको डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य वेपत्ता भएका थिए ।
डुबे लगत्तै स्थानीय प्रहरी र शसस्त्र प्रहरी उद्धारमा जुटेपनि जिवितै उद्धार गर्न नसकिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंहले जानकारी दिए ।