बहु बिवाह तथा अन्य मुद्दामा फरार अभियुक्त ७ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 22 | 09:53 pm 2223

तनहुँ, साउन ७ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा बहु बिवाह मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. १२ कि बिनिता बोहोरा क्षेत्री रहेकी छन् ।

उनीलाई तनहुँ जिल्ला अदालतको२०७० फागुन १९ गतेको फैसलाले १ बर्ष कैद सजाय तोकिएकोमा तोकएको कैद बाट ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकी बिनिता बोहोरा क्षेत्रीको खोजतलास गर्ने क्रममा मंगलबार घरमै फेला पारी कानूनी रितपुर्वक पक्राउ गरीएको प्रहरीले जनाकारी दिएको छ ।

फरार रहेकी उनीलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएकोमा बाकी कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको जनाएको छ ।

त्यसैगरी जारी मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं। १ माईलीडाँडाका मनिष पन्त र तुलसी थापा पन्त रहेका छन् । उनीहरु उपर तनहुँ जिल्ला अदालतबाट २०७० बैशाख१५ गतेको फैसलाले १ महिना कैद र १ हजार जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा बुधबार बिहान घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्रााउ परेका उनीहरुलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएकोमा बाकी कैद भुक्तानको लागि कारागार कार्यालय पठाएको बताइएको छ ।

।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.