भोजपुर, माघ ११ : बहुविवाहको अभियोगमा फरार रहेका एक जोडिलाई प्रहरीले पक्राउ गरेकन छन् । पक्राउ पर्नेमा आम्चोक गाउँपालिका–४ गाउँ बालंखा छौंखा टोल बस्ने उदयपुर चौदण्डी नगरपालिका–७ बेल्टार माइती घर भएकी ३१ वर्षीया सोमिता भन्ने डम्बरकुमारी राई र आम्चोक गाउँपालिका–४ गाउँ बालंखा छौंखा टोलका ३३ वर्षीय उमेश राई रहेका छन् ।
२०७५ असार २० गते जिल्ला अदालत भोजपुरले बहु बिवाह मुद्दामा ११ महिना ११ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला गरेका थिए । फैसला पश्चात् अभियुक्तहरु फरार रहेका थिए ।
प्रहरी चौकी बालंखा भोजपुरबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत भोजपुरमा पेश गरी अदालतको आदेश बमोजिम कैद भूक्तानको लागि कारागार कार्यालय भोजपुर पठाइएको छ ।