काठमाडौँ बैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीकाे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।
प्रधानमन्त्रीका स्वकीय सचिव र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाब संकलन गरिएकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले ट्विटमार्फत जनाएका हुन् ।