बहिनी बलात्कार गर्ने दाजु पक्राउ

रिपोर्ट नेपाल | 2019 May 12 | 04:20 pm 2612

दमौली, वैशाख २९ :  नातामा बहिनी पर्ने एक बालिकामाथि युवकले बलात्कार गरेका छन्।बलात्कार गरेको अभियोगमा घिरिङ- ४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई प्रहरीले पक्रेको छ।

उनले आफ्ना साना बालबालिकाको हेरचाहसँगै पठनपाठनका लागि भनेर १२ वर्षीया बालिकालाई घरमा राखेका थिए। नाताले बहिनी पर्ने ती बालिकामाथि कुमालले बलात्कार गरेको प्रहरीले जनाएको छ।

ती बालिका स्थानीय महेन्द्रज्योती माविमा पढ्छिन्। उनी दाइका साना बालबालिकालाई सघाउन त्यहींबाटै विद्यालय जाने आउने गर्ने गरेकी थिइन्।

दुई वर्षयता बस्दै आएकी उनीमाथि गत मंगलबार राति कुमालले बलात्कार हो।वैदेशिक रोजगारीका क्रममा भारत रहेका कुमाल पाँच महिनाअघि मात्र घर आएका थिए।

घटनापछि दुई दिनसम्म बालिका विद्यालय नजान नसकेपछि परिवारले खोजी गरेका थिए। उनी घटनापछि दाजुको घर छाडेर आफ्नै घर गएकी थिइन्।उनको घर र दाजु पर्नेको घर तीन मिनेटको दूरीमा छ दिनभर सुतेर विद्यालय नगएपछि सुरुमा आमाले सोध्दा बालिकाले केही नभएको बताएकी थिइन्। तेश्रो दिन विद्यालय गएर आए पनि उनी बिरामीजस्तो देखिएपछि सोध्दा आफूलाई कुमालले बलात्कार गरेको उनले आमासँग बताएकी थिइन्।

बालिकाकी आमाले घटनाबारे सोधपुछ गरेपछि कुमालले बलात्कार गरेको स्वीकारेका थिए। तर उनले घटना बाहिर लैजाँदा आफ्नो बेइज्जत हुने बरु आफू आर्थिक सहयोग गर्ने भन्दै पीडितका आफन्तलाई आश्वासन दिएका थिए।

स्थानीय प्रहरी चौकीमा घटनापछि मेलमिलापका लागि छलफल समेत भएको थियो। तर बालिकाका आफन्तले घटनामा मेलमिलाप नहुने बताएपछि प्रहरीले कुमाललाई पक्रेको छ।

हाल प्रहरी हिरासतमा रहेका उनीविरुद्ध बलात्कार अभियोगमा मुद्दा चलाउन म्याद लिएर प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.