तनहु, असार १७ । आँबुखैरेनी बरादी पेट्रोल पम्प स्थित पृथ्वि राजमार्ग सडक खण्डमा मुग्लिङबाट डुम्रे तर्फ जानका लागि आउदै गरेको ग २ ख १२३५ नम्बरको बस र सोही दिशाबाट आउदै गरेको बा.प्र.०२–०१५ प ६२३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक धादिङका सागर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
मोटरसाइकल पछाडी सवार धादिङका सुरेन तामाङ घाईते भएकोमा घाईतेको आबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक मोहन खाणले जनाएका छन् ।