बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 02 | 03:56 pm 2503

धादिङ, मंसिर १६ : पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

धादिङबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८३९५ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.