बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 16 | 05:01 pm 2205

बदाङ, पुस १ : दाङमा बस र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

लमही नगरपालिका ६ कुलमोडस्थित नेपालगंजदेखि घोराहीतर्फ आउँदै गरेको ना ४ ख ९५६६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक प्युठान सरुमैरानी गाउँपालिका बांगेशाल निवासी ३० वर्षीय रेशम भुसालको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

शवलाई पोष्मार्टमको लागि शवगृहमा राखिएको छ। बस, बस चालक र मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.