कपिलवस्तु, बैशाख ७ः मंगलबार बिहान कपिलवस्तुको बुद्धभूमि–९ सुरगरवरवा नजिक बस र ट्रक एकापसमा टोक्किदा एकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुबाहक बस र बिपरीत दिसाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको ट्रक एकापसमा ठोक्किदा दुर्घटना भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भन्डारी बताए ।
गम्भीर घाइते भएका बस चालक बाणगङ्गा नगरपालिका–१ का २९ वर्षीय कृष्ण बहादुर कुवरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अझैं पनि उक्त दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाएको अवस्था गम्भीर रहेको छ ।
केही घाइतेहरु मध्ये सामान्य चोट लागेकाहरुको स्थानीय बुद्धपोली क्लिनिक तथा अन्यलाई चौराह अस्पतालमा उपचार भइरहेको छ । केहीको थप उचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।