बुटवल, कार्तिक १२ : पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा दाङ गढवाका ४ वर्षीय शुसान्त सुनार, दाङ गढवाकी २५ वर्षीया पूजा सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरीले जनाएकाे छ ।

घटनामा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ। घटना दिउँसो साढे दुई बजेतिर भएको हो। दुर्घटना पछि सडक केही समय अवरुद्ध भएको थियो। अहिले भने सवारी सूचारु भएका छन्।