बस दुर्घटना हुँदा १ मृत्यु १७ यात्रु घाइते

| 2020 Nov 30 | 03:52 pm 2652

अछाम मंसिर १५: मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् । बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

घटनासम्बन्धी अन्य विवरण आउन बाँकी छ’ घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.