बस दुर्घटना परेका शिक्षकहरूप्रति नेपाल शिक्षक संघद्वारा दु:ख व्यक्त

रिपोर्ट नेपाल | 2018 Dec 02 | 03:20 pm 11140

काठमाडौं, मंसिर १६ : नेपाल शिक्षक संघले  बस दुर्घटना परेकोमा शिक्षकहरूप्रति दु:ख व्यक्त गरेको छ । नेपाल शिक्षक संघका महासचिव सोमनाथ गिरीले आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै घाइते शिक्षकहरूप्रति दु: ख प्रकट गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको ‘र्‍यालीमा सहभागी भई घर फर्कने क्रममा घाइते हुनुभएको खबरले सिंगो नेपाल शिक्षक संघ मर्माहत र अत्यन्त दु:खी भएको छ ।’ दुर्घटनामा परेका शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

विभिन्न माग राख्दै यही १४ गते काठमाडौंमा भएको र्‍यालीमा सहभागी भई घर फर्कने क्रममा दाङको सतवरियामा शिक्षकहरू चढेको बस दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा शिक्षक संघका महिला उपाध्यक्ष पद्मीनी थापा, नेपाल शिक्षक संघ जिल्ल सदस्य रेश्मा भट्ट, नेपाल शिक्षक महासंघ सदस्य आशा भण्डारी, टिकापुर नगरपालिकाका नेपाल शिक्षक महासंघका अध्यक्ष रघुराज उपाध्याय, बद्री भट्टराई, शान्ति काफ्ले, माती काडायत, शान्ति नेपाली, जन्मजय रेग्मी। प्यारुराम चौधरी, राजाराम ढकाल, तारा जोशी, गीता रावललगायत शिक्षक नेताहरू दुर्घटनामा घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.