बस दुर्घटनामा ३ काे मृत्यु, १६ जना उद्धार मृतक सबैकाे सनाखत

| 2019 Aug 09 | 01:47 pm 1695

काठमाडाैं, साउन २४: सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाट स्थित त्रिशुली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ। १६ जनाको उद्धार गरिएको छ।

४५ जना सवार ना. ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान ३ :३० बजे त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजा सौरव रौनियार रहेकाे बताइएकाे छ ।

१ चालक, १ कण्डक्टर र १ सहचालक रहेको बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई जना यात्रु चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन र कौडेना गाउँपालिका शिवनगरका मोहम्मद मतलुङ छन् । लक्ष्मीपुरका मनिष रायको नाममा २, औरहीका रवि कुमारको नाममा ३ जना र भारत मुज्जफरपुरका आशिष कुमारकाे नाममा दुई जना यात्रुले टिकक लिएको काउन्टरको रेकर्डमा फेला परेको छ । त्यसैगरी, भारतका अररियाका दिलीप दासकाे नाममा तीन, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारकाे नाममा चार, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोकाे नाममा ३, भारत लरकवाका रामबाबु यादवको नाममा ३ र  कुवारीका अजय ठाकुरले दुई जनाले टिकट लिएर बस चढेकाे सर्लाही प्रहरीले जनाएकाे छ ।

त्यस्तै, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामा पनि बसमा सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा परेका १६ को भने उद्धार गरेको छ । उद्धार गरिएकामा भूपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी र राहुल रहेका छन् ।

दुर्घटनामा ३ को मृत्यु र १६ को उद्धार गरिए पनि बाँकी यात्रु भने हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार, उनीहरूको खोजी कार्य भइरहेको छ । दुर्घटनामा ३ को मृत्यु र १६ को उद्धार गरिए पनि बाँकी यात्रु भने हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार, उनीहरूको खोजी कार्य भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.