बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री डा. महत

| 2023 Sep 08 | 06:37 pm 2901

बस्तीपुर, भदाै २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।  प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा  बोल्दै मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’

प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्दै  मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाहा थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’ अहिले उहाँ हुनुहुन्न, तर उहाँको महत्व अझ बढेको मन्त्री डा. महतले बताए । ‘दुरगामी कालमा जे जसको जे महत्व छ, त्यो महत्वलाई समाजले पूर्णरुपमा आत्मसात नगरेको हुनसक्छ । तर, भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्वका बारेमा मानिसहरुले मन्थन गर्न थाल्छन्’ मन्त्री डा. महतले भने ।

‘प्रदीप गिरीको जीवनकालमा आम जनताले जाने बुझे आत्मसात हामी सबैले गर्न सक्यौ, त्योभन्दा बढी उहाँको अभाव हामीले महसुस गर्ने छौं । उहाँको विचारलाई आत्मसाथ गर्नेछौं’ मन्त्री डा. महतले भने, ‘उहाँले पछाडि परेको वर्ग, क्षेत्र, महिला, दलित, मधेश र आदिवासी जनजातिलाई राजनीतिको मूल धारमा ल्याउनुपर्छ भन्ने अभियान सुरु गर्नुभएको हो । त्यो अभियान सबै राजनीतिक दलमा फैलियो । जसको परिणाम हामीले सबै वर्ग र समूहको प्रतिनिधित्व हुने संविधान निर्माण गरेका हौं, त्यसलाई कार्यान्वयन गर्ने तहमा हामी छौं ।’

हाम्रो आवश्यकता ठूलो छ, साधन श्रोत थोरै छ । यो बीचमा हामीले काम गरेको हुनाले यो अवस्था आएको हो । सधैं यस्तो अवस्था रहँदैन । जनताको आवश्यकता पूर्तितर्फ हामी निरन्तर लागिरहन्छौं । महिला दिदीबहिनीमा शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने हाम्रो महत्वपूर्ण लक्ष्य छ । सडक विस्तार गरेर गाउँको उत्पादन सहरसम्म पुगोस् भन्ने हाम्रा लक्ष्य भएको मन्त्री डा. महतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.