बस्तीको बीचमा वाइवाइको प्रदूषण

| 2019 Jul 25 | 08:19 pm 2118

ललितपुर, साउन ९: नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका बिनोद चौधरीद्वारा संचालित वाइवाइ चाउचाउ कारखानले प्रदूषण बढाएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् ।

विगत लामो समयदेखि भैसेपाटी जस्तो बाक्लो बस्ती भएका ठाउँमा चौधरीद्वारा संचालित चाउचाउ कारखानाबाट निस्कने धुवाँको मुस्लोका कारण कारखाना वरिपरीका धेरै मान्छेहरु रोगी भएका छन् ।

वर्तमान सरकार प्रदूषण मुक्त शहर बनाउने अभियानमा लाग्दै गर्दा चौधरीको कारखानले भने सरकारको अभियानलाई चुनौती दिँदै आएको छ । कारखानाबाट निस्कने धुवाँको मुस्लोले त्यस एरियामा दिउँसै अध्यारो जस्तो हुन्छ ।

लामो समय कर्मचारीबाट चलाइएको उद्याेग स्थानीय सरकारमा निर्वाचित पश्चात् जनप्रतिनिधि आउँदा समेत उनीहरु चौधरीको पक्षमा जनताको विपक्षीमा मौन ब्रत बसेका छन् ।

चाउचाउ कारखाना नजिकै रहेको वडा कार्यालयले जनताको स्वास्थ्यसँग खेलवाड गर्दै एरिया नै प्रदूषित पार्ने कारखानालाई नदेख्नु दुःखको विषय हो । निर्वाचनका समयमा जनतालाई जनार्धन भन्ने नेताहरु यतिखेर चिर निन्द्रमा मस्त छन् । कारखाना नजिकै रहेका सांसद पनि मौन रहेका छन् ।

आवाज उठाउन खोज्ने व्यक्तिको मुख सजिलै थुन्न सक्ने चौधरीको प्रदूषित कारखाना बन्द नगराइए जनताले आन्दोलन मार्फत बन्द गराउने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.