धादिङ- धादिङको थाक्रेमा आइतबार बिहान यात्रुबाहक बसले मोटरसाइकललार्इ ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।
पृथ्वी राजमार्गमा भएको दुर्घटनामा नम्बर नखुलेको बसले ना४८प ९७३४ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिंदा मोटर साइकल चालक दिपक श्रेष्ठको निधन भएको हो।
स्थानीयले अहिले सडक अवरद्ध गरेका छन्। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।