पाल्पा, माघ १८: बसले ठक्कर दिँदा तानसेनको राईडाँडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विक रहेका छन् ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ४५३४ नम्बरको बसले आज शुक्रबार बिहान ११ः५५ मा ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिए ।
ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विकलाई सडकमा हिँड्ने क्रममा एक्कासी बसले ठक्कर दिएको बुझिएको छ।