बसमा यात्रुकाे पकेट मार्दामार्दै दुई युवती चितवन प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Dec 25 | 06:58 pm 2717

चितवन,पुस  १० :  सार्वजनिक बसमा यात्रुहरुकाे पकेट मार्दै गरेको अवस्थामा दुई महिला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले बीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बसकाे यात्रुकाे पाकेट मार्दामार्दै  २ जना महिलालाई  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव रहेका छन् ।

सादा पाेशाकमा खटिएकाे  प्रहरीले बसमा यात्रारत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उनीहरुलाई अहिले चोरी मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको उनले जानकारी दिए । उनीहरु अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका छन् ।

पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको थियो । सवारी साधनमा हुन सक्ने चोरीका क्रियाकलापहरु नियन्त्रणका क्रममा राजमार्ग क्षेत्रमा सादा पोशाकका प्रहरीहरु बसमा खटाइएको उनले बताए ।

अहिले पनि बसमा यात्रारत यात्रुहरु लुटिने र चोरी हुने आशंकामा सादा पोशाकका प्रहरीहरु खटाइएको समेत प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञवालीले जानकारी दिए । लामो रुटका बसहरुमा महिलाहरुलाई पाकेट मार्नको लागि महिलाहरु नै सक्रिय रहने आशंका गर्दै सुरक्षा जाँच र गस्तीमा समेत प्रहरीहरु खटाइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.