भक्तपुर, पुस १२ः बसमा मृग राखी ल्याएकाे अवस्थामा भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका-९ का ३६ वर्षीय राम कृष्ण थापा रहेका छन् ।
उनलाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट एउटा मरेकाे मृग सहित पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक चौताराबाट आउँदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।