बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 10 | 08:23 pm 1623

सिरहा, माघ २७: जिल्लाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा सोमबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–३ निवासी ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबाहक बसले सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरुको मृत्यु भएको बताइएको हो ।

प्रहरीका अनुसार उनीहरु जन्तीबाट घर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.