बझाङ, मंसिर २६ः बसको ठक्करबाट बझाङकाे बित्थडचिरमा २ बर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–९ सुनकुडाकी दीपिका विष्ट रहेका छन् ।
ना ६ ख १७९५ नम्बरको बसले चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको अवस्थामा ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीकाअनुसार चालक दीपक बोहोरा र बसलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलत पठाएको प्रहरीले जनाएको छ ।