बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 02 | 09:34 am 2018

सुनसरी, वैशाख १९: इटहरीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।

बिहिबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्बरको बसले इटहरी ५ मा पैदल यात्री इटहरी ८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.