बसको ठक्करबाट दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 17 | 05:15 pm 1835

बाँके,पुस  २ :  बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए ।

सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नंको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुवै जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.