दाङ, मंसिर १८ : बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ गढवा गाउँपालिका वडा नम्बर २ पचाहका ३० वर्षीय आत्मराम चौधरी रहेका छन् ।
बुधबार बिहान करिब ११ः ३५ बजेको समयमा दाङ गढवा गाउँपालिका वडा नं २ पचाहा स्थित (भित्रि सडक खण्ड) मा कालाकाटे देखि गढवा तर्फ आउँदै गरेको ना २ ख ७५११ नं को बसले पैदलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिए ।
उक्त दुर्घटना गराउने बस र बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।