बसको छतमा एक युवाको शव फेला

रिपोर्ट नेपाल | 2019 Aug 02 | 02:51 pm 2252

बुटवल, साउन  १७ : बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा एक युवक मृत अवस्थामा भेटिएका छन् । गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय दीपक थापा बसको छतमा मृत अवस्थामा भेटिएका हुन् ।

लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो ।

गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए।

शव कुहिएको अवस्थामा फेला परेको र हत्या या मृत्यु भएको हो अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.